बार्सिलोना आफ्नो पूर्व एकेडेमी स्टार जाभी सिमन्स साइन गर्न इच्छुक रहेको खबर छ। १७ वर्षका खेलाडी हाल उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक हुन्।
डच युवाले २०१० देखि २०१९ सम्म बार्साको एकेडेमीमा खेले भने २०१९मा उनलाई पिएसजीले साइन गरेको थियो र पिएसजीबाट उनले लिगमा आफ्नो डेब्यू खेल पनि खेलेका छन्। फ्रेन्च लिगमा खान विरुद्धको १-०को जितमा उनले पिएसजीको लागि आफ्नो सिनियर डेब्यू गरेका थिए।
२०१० मा क्याटालान क्लबको प्रख्यात एकेडेमी ला मासियामा भर्ना भएपछि युवा खेलाडी बार्सिलोनाका सबैभन्दा प्रतिभाशाली युवाहरू मध्ये एक थिए तर उनले बार्सा छोड्ने निर्णय गरेका थिए भान हाल खबर अनुसार बार्सा उनलाई फिर्ता गर्न इच्छुक छन्।
PSG are hoping to extend the contract of Dutch talent Xavi Simons. His current deal ends in 2022. (via @FabrizioRomano ) pic.twitter.com/0IfS5tLLbB
— Dutch Football (@FootballOranje_) March 4, 2021
हाल उनको र पिएसजी बिचको सम्झौता २०२२ सम्म मात्र रहेको छ र बार्साले उनी माथि आफ्नो निगरानी राखेको चर्चा सुरु हुँदा पिएसजी उनी सँग सम्झौता विस्तार गर्न इच्छुक रहेको खुलेको छ।
उनलाई क्लब छोड्नबाट रोक्न पिएसजीले उनी सँग चाडै नयाँ सम्झौता गर्ने कुरा छ।