आफ्नो देश बेल्जियममा भन्दा स्पेनमा आफूले धेरै सम्मान र सराहना पाएको भनेर रियाल म्याड्रिडका स्टार गोलकिपर थिबाउट कोर्टियसले दाबी गरेका छन्।
थिबाउट कोर्टियसले दुई स्पेनिस क्लब- एटलेटिको म्याड्रिड र रियल म्याड्रिड सँग ला लिगामा खेलेका छन्। उनी २०१८मा चेल्सीबाट रियल आएका थिए। २८ वर्षका स्टार रियल म्याड्रिड जस्तो ठुलो क्लबमा खेल्दै गरे पनि आफ्नो देशको प्रेस र फ्यानहरूले आफूलाई धेरै माया नगरेको महसुस गर्दै छन् र हालै उनको नाम यो वर्षको बेल्जियमको स्पोर्ट्सम्यान अफ द यरमा परेको थिएन र सो कुराबाट पनि उनी खुसी छैनन्
🎙| Thibaut Courtois: “I had three fantastic years at Atlético, I received praise from all over Belgium. I became Sportsman of the Year and I thought it was good. Today I have the feeling that everything I do has become normal.” pic.twitter.com/3tRuZVct54
— 𝒑𝒂𝒖𝒍𝒂✨ (@_pauliiita) March 6, 2021
उनले एचएलएनलाई भने: “मैले एट्लटिकोमा तीन शानदार वर्ष बिताए, बेल्जियममा मैले धेरै प्रशंसा पाएँ। म एथलीट अफ द यर बनेँ र मलाई राम्रो लाग्यो। हाल मैले महसुस गरेको छु कि मैले गर्ने सबै कुरा कुनै न कुनै रूपमा सामान्य जस्तो लिने गरेको छ।
“उदाहरणको लागि, भ्लालाडोलिड विरुद्धको खेलमा मेरो प्रदर्शनले कसैलाई खासै फरक पारेन।जस्तो यो विश्वकै सब भन्दा ठुलो क्लबको लागि उच्च स्तरमा खेल्न लायक छैन।”
Courtois: “Apart from the conclusion that Wout van Aert is, of course, the only deserved winner of the trophy. But then I think and feel more appreciated in Spain or even outside of Spain than in Belgium.” #rmlive 🇧🇪 🎙
— Los Blancos Live (@blancoslive) March 7, 2021
रियल सँग आफ्नो सफलताको बारे बेल्जियममा उनले धेरै चर्चा नपाएको उनको गुनासो रहेको छ।
गोलकिपरले थपे: “मैले यो बुझ्न सक्छु कि बेल्जियमको सर्वश्रेष्ठ फुटबलरको अवार्ड रोमुलु लुकाकू जित्न सफल भए। उनी यो पुरस्कारका हकदार थिए, मैले उनलाई भनेँ तर स्पोर्ट्सम्यान अफ द यरको लागि म मनोनयन नहुनु कुरा अनौठो थियो। मलाई लाग्छ स्पेनमा मेरो बढी हुन्छ।”