आफ्नो दुई स्टार बेचेर एम्बाप्पे साइन गर्न रियललाई आग्रह

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

पुर्व रियल म्याड्रिड गोलकिपर फ्रान्सिस्को बुयोले क्लबलाई पिएसजीका स्टार किलियन एम्बाप्पे साइन गर्न आग्रह गरेका छन्। हाल उनको प्रदर्शन निकै राम्रो रहेको छ भने उनको नाम रियल सँग जोडिने गरेको बेला बुयोले रियललाई एम्बाप्पे साइन गर्न पूर्ण प्रयास गर्न आग्रह गरेका छन्।

एम्बाप्पेले हाल पिएसजी सँग सम्झौता विस्तार गरेका छैनन् र उनले क्लब छोड्न सक्ने धेरै चर्चा छ र सो अवसरको फाइदा रियलले लिनु पर्ने पुर्व रियल गोलकिपरले बताए। रियलले भिनिसियस जुनियर र इडन ह्याजार्ड बेचेर भए पनि एम्बाप्पे साइन गर्न उनले आग्रह गरे।

“पिएसजीले महामारीको परिणामस्वरूप धेरै पैसा गुमाएको छ र एम्बाप्पेको भविष्यसँग सम्बन्धित परिदृश्यको कारण हालका महिनाहरूमा धेरै परिवर्तन भएको छ।-फ्रान्सिस्को बुयोले बताए।

“आज एम्बाप्पे आफै सम्झौता नवीकरण गर्न चाहँदैन र तत्काल रियाल सो कुराको फाइदा लिन कोसिस गर्नु पर्छ।

“प्रस्तावमा भिनिसियस जुनियरलाई पनि समावेश गर्न सकिन्छ, तर इडन ह्याजार्ड पनि छन्।”