आफ्नो दुई खेलाडी दिएर स्टार डिफेन्डर साइन गर्ने युभेन्टसको योजना

युभेन्टस आर्सेनलका स्टार फुल ब्याक साइन गर्न इच्छुक रहेका छन्। आउँदो गर्मीमा हेक्टर बेल्लेरिनले अर्सेनल छोड्ने कुरा छ युभेन्टस उनलाई भित्राउन इच्छुक छन्।

खबर अनुसार हेक्टर बेल्लेरिन साइन गर्न युभे अर्सेनललाई एड्रियन राबियोट र डगलस कोस्टा दिन तयार हुने छन्।

युभेन्टसले पहिले देखि बेल्लेरिन साइन गर्न इच्छुक रहेका थिए। हाल उनले क्लब छोड्ने चर्चा हुँदै गर्दा अर्सेनल संग खेलाडी साट्ने युभेन्टसको योजना हुने कुरा छ।

आर्सनलका स्टार फुल ब्याक हेक्टर बेल्लेरिन साइन गर्न बार्सा र पिएसजी पनि इच्छुक रहेका छन्। पिएसजी धेरै समय देखि उनलाई साइन गर्न इच्छुक रहेका छन् भने बार्सा र युभेन्टस पनि सो दौडमा सामेल हुने चर्चा छ।

सिजन सुरु हुने अगाडी हेक्टर बेल्लेरिन पिएसजीको मुख्य लक्ष्य रहे पनि आर्सेनलले मागेको रकम तिर्न पिएसजी केही अनिच्छुक देखिएको थियो।