बार्सिलोनाका मिडफिल्डर पेड्रीको स्पेनको राष्ट्रिय टोलीमा पहिलो पटक परेको छ र क्लबमा उनको प्रदर्शनको धेरै चर्चा हुने गरेको छ भने उनको तुलना स्पेन र बार्सा लेजेण्ड एंड्रेस इनिएस्टा सँग हुन थालेको छ।
🎙| Pedri: “I want to be myself. Pedri. But it is an honour to be compared to Andrés Iniesta” pic.twitter.com/3jTNA066Ta
— BarçaTimes (@BarcaTimes) March 23, 2021
बार्सामा उनको निकै राम्रो खेल रहेको छ भने धेरैले उनी बार्साको भविष्य हुनेमा विश्वस्त छन् भने क्लबमा उनको खेलको कारण विश्वकप क्वालिफायरको खेलहरूको लागि उनको नाम स्पेनको राष्ट्रिय टोलीमा पहिलो पटक पर्यो र आफ्नो तुलना इनिएस्टा सँग हुन सुरु भए पछि उनले सो बारे बोलेका छन्।
“इनिएस्टा सँग आफ्नो तुलना हुनु सम्मानको कुरा हो। पेड्रीले भने। पेड्रीले स्वीकार गरे कि उनी आफ्नो खेलमा मात्र ध्यान दिन चाहन्छन् र इनिएस्टाको नक्कल गर्न प्रयास गर्न चाहँदैनन्।
बार्साको मिडफिल्डमा आफ्नो प्रदर्शन र इनिएस्टा सँग को तुलनामा उनले जवाफ दिए, ‘म नै पेड्री हुनुपर्छ र इनिएस्टाको नक्कल गर्न प्रयास गर्न चाहन्न।’
🎙| Pedri: “I know Jordi Alba, Sergio Busquets and players from the U21s it has all been much easier. The other players are all magnificent people. I received loads of messages congratulating me on my first call-up. Andrés Iniesta and Leo Messi were among them.”
— BarçaTimes (@BarcaTimes) March 23, 2021
स्पेनको राष्ट्रिय टोलीमा पहिलो पटक पर्न सफल भएको बारे पनि उनले बोले ‘पहिलो दिनदेखि उनीहरूले म सँग राम्रो व्यवहार गरेका छन्।’
‘जोर्डी [अल्बा], बुसी [सर्जियो बुस्केट्स] र अन्डर २१-टिमका टिम मेटको साथ हुँदा सबै कुरा सजिलो जस्तो भएको छ। मलाई लुइस एनरिकेको खेल शैली मन पर्दछ।