आफ्नो तलब खर्चमा €१४५ मिलियन घटाउन बार्सा सफल

ला लिगा क्लब बार्सिलोनाले यो ट्रान्सफर विन्डो आफ्नो धेरै खेलाडीहरू बेचेको जसको कारण बार्सा आफ्नो तलब खर्च घटाउन सफल भएको छ। आर्थिक समस्यामा फसेको बार्सालाई ठुलो तलब खर्च टाउको दुखाई को विषय बन्दै थियो जसको कारण क्लबले आफ्नो लेजेण्ड मेस्सीलाई पनि गुमाएको छ।

अन्तिम समयमा मेस्सीलाई बेच्न बाध्य बनेको बार्साले यो ट्रान्सफर विन्डोमा इमर्सन रोयल र जुनियर फिर्पोलाई बेचेको थियो भने एन्टोनी ग्रिजम्यान जस्ता खेलाडीलाई बार्साले लोनमा पठाए पछि क्लबको तलब खर्च €१४५ मिलियनले घटेको छ।

ट्रान्सफर विन्डो पछि बार्साको तलब खर्च €५६५ मिलियनबाट €४२० मिलियन पुगेको जानकारी छ जुन ३० प्रतिशतको गिरावट हो।

जटिल आर्थिक समस्यामा फसेको बार्सा हाल ‘रिकभरी’को बाटोमा रहेको क्लबका सदस्यहरिहरूको विश्वास रहेको छ। अब क्लबको आर्थिक अवस्थामा सुधार को सुरुवात हुने बार्सा बोर्डको विश्वास रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ