आफ्नो ढाडमा आफ्नै फोटोको ट्याटू बनाए पछि पछुतो महसुस गर्दै साने

धेरै जस्तो फुटबल खेलाडीहरु आफ्नो शरीरमा ट्याटूहरु बनाउने गर्छन। धेरै जस्तो ट्याटूहरु खेलाडीको स्मृति संग जोडिएको हुने गरेको छ र धेरै खेलाडीहरुको ट्याटू प्रसिद्ध पनि हुने गर्छ तर पुर्व म्यान सिटी स्टार लिरोय सानेको ट्याटू निर्णयले धेरैलाई चकित गरेका थिए जब उनले आफ्नो ढाडमा आफ्नै फोटोको ट्याटू बनाए।

त्यो फोटो सिटीको च्याम्पियन्स लिगमा मोनाको बिरुद्धको ५-२को जितको थियो तर दोस्रो लेगको खेलमा सिटीले मोनाको संग ३-१को हारको सामना गरे पछि सिटी नकआउट भएको थियो।

हाल बायर्न म्युनिखमा खेल्दै गरेका सानेले सो ट्याटूबाट आफुलाई पछुतो महसुस हुने स्वीकार गरे र त्यो निर्णय गल्ती रहेको उनले बताए।

“म जवान थिएँ। अहिले भएको भए मैले फरक निर्णय लिने थिए। सानो देखि गल्ती गरे पछि गल्तीबाट सिक्ने गरेको छु र यसबाट पनि पाठ सिक्ने छु, “उनले बिल्डलाई अन्तर्वार्तामा भने।

“म चकित भए कि यो विषय मिडियामा यति ठूलो भयो। म त्यो समय एक युवा खेलाडी थिएँ। जर्मनीमा मभन्दा धेरै महत्त्वपूर्ण खेलाडीहरू थिए र अझै यो ट्याटुमा बहस भइरहेको छ। ”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ