आफ्नो ड्रिबलिंगले विपक्षी खेलाडीलाई झुक्क्याउने मेस्सीको यस्तो उत्कृष्ट स्किल

लिओनेल मेस्सीको ड्रिबलिंग क्षमता निकै उत्कृष्ट छ र यसको विश्लेषण गर्ने छोटो भिडियो हाल सोसल मिडियामा भाइरल हुँदै गएको छ।

छ-पटकका बलोन डी’ओर विजेताले धेरै विश्व-स्तरका खेलाडीहरूलाई आफ्नो स्किल पछि पार्ने गर्छन् भने हाल उनको एक भिडियो भाइरल हुँदै गएको छ जसमा उनले आफ्नो ड्रिबलिंगको मद्दतमा विपक्षी खेलाडीलाई झुक्यादै बललाई अर्कै दिशामा लागेको देख्न सकिन्छ।

सो भिडियोमा मेस्सीले एक डिफेन्डरलाई आफ्नो ड्रिबलिंग स्किलको मद्दतले गलत दिशामा पठाउँदै बललाई अगाडी लाग्दै फेरी दुई डिफेन्डरलाई पछि पार्दै गोल गरेको देख्न सकिन्छ।

सो उनको पुरानो खेलको भिडियो भए पनि निकै भाइरल हुँदै गएको छ। उक्त भिडियोले मेस्सीको उत्कृष्ट स्किल स्पष्ट रूपमा देखाएको छ।