आफ्नो डेब्यू खेलको ७९ सेकेन्डमै युवा खेलाडीले रातो कार्ड पाए पछि

मङ्गलवार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको थियो र सो खेलको बारे धेरै चर्चा हुँदै गरेको छ।

खेलमा युनाइटेडको अबिस्वास्निय फराकिलो जित भएको थियो भने सो खेलमा डेब्यू गरेका खेलाडीले खेलको ७९ सेकेन्डमै रातो कार्ड पाएको चर्चा पनि हुँदै छ।

साउथह्याम्पटनका मिडफिल्डर एलेक्स जान्कविट्जले आफ्नो डेब्यू खेलको ७९ सेकेन्डमै रातो कार्ड पाए र उनी मैदान छोड्न बाध्य भए। उनले स्कट म्याकटोमिने माथि फाउल गरेका थिए।

एलेक्सले सो कार्य जानाजानी गरेको धेरै विश्वास छ। उनी क्लबमा खुसी थिएनन् र क्लब छोड्ने उनले इच्छा राखेका थिए जुन साउथह्याम्पटनले पुरा नगरेको खबर छ र साउथह्याम्पटनले उनलाई बेच्नेको बदलामा उनलाई खेलाउने निर्णय गरे र एलेक्सले जानाजानी फाउल गरेको धेरैको विश्वास छ।

उनले एस्टन भिल्ला बिरुद्धको खेलमा अतिरिक्त समयमा आफ्नो पहिलो खेल खेले पनि युनाईटेड बिरुद्धको खेल उनको फुल डेब्यू थियो जुन ७९ सेकेन्डमै सीमित रह्यो।