आफ्नो डिफेन्डरलाई क्लब छोड्न प्रोत्साहित गर्दै बार्सिलोना

बार्सिलोनाले यो गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो डिफेन्डर सामुएल उमटिटीलाई क्लब छोड्न प्रोत्साहन गर्दै गरेको खबर छ। गत ट्रान्सफर विन्डोहरूमा पनि बार्साले उनलाई बेच्न प्रयास गरे पनि सो कुरा सफल हुन सकेको थिएन भने उमटिटी क्लबमै रहन इच्छुक रहेका छन्।

हाल ट्रान्सफर विन्डो सुरु भए सँगै बार्साले फेरी पनि उनलाई बेच्ने योजना बनाएको छ भने यो पटक बार्साले उनलाई क्लब छोड्न प्रोत्साहित गर्दै गरेको जानकारी छ। उनी क्लबमा रहन चाहे पनि क्लबका कोच कोम्यानले उनलाई आफ्नो योजनामा नदेख्ने स्पष्ट गर्दै आएका छन्।

उनी क्लबमा धेरै तलब पाउने खेलाडी मध्ये एक हुन् भने उनको हालको फम राम्रो रहेको छैन भने उनी धेरै पटक चोट ग्रसित पनि हुन पुगेका छन्।

यो ट्रान्सफर विन्डोमा बार्साले आफ्नो केही खेलाडी बेच्ने योजना रहेको छ र उमटिटी पनि सो सुचीमा परेका छन्। उनलाई यो ट्रान्सफर विन्डोमा बेच्नेमा बार्सा गम्भीर रहेको खबर छ भने उनलाई क्लब छोड्न बार्साले प्रोत्साहन गर्दै गरेको जानकारी छ।