आफ्नो डिफेन्डरलाई क्लब छोड्न प्रोत्साहन गर्दै बार्सिलोना

ला लिगा क्लब बार्सिलोनाले आफ्नो डिफेन्डर शमूएल उम्तितिलाई क्लब छोड्न प्रोत्साहन गर्ने खबर रहेको छ। उनलाई बेच्न बार्साको प्रयास धेरै अगाडी देखि जारी रहे पनि उनले क्लब छोड्न इच्छुक थिएनन् हाल खबर अनुसार अर्को ट्रान्सफर विन्डोमा उनलाई क्लबबाट अफलोड गर्न बार्साले पुरा प्रयास गर्ने जानकारी छ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले उनी आफ्नो योजनामा नरहेको स्पष्ट गरेका छन् तर पनि उम्तिति क्लब छोड्न अनिच्छुक रहेको थिए।

उक्त डिफेन्डरलाई गर्मीको ट्रान्सफर विन्डोमा बेच्न बार्साले धेरै प्रयास गरे पनि उनी छोड्न अनिच्छुक थिए र क्लबका अध्यक्ष जोन लापोर्टा सँग उनी बैठकमा बस्न बाध्य भए, जसमा यो सहमति भयो कि उनले एक अन्तिम अवसर पाउनेछन्।

हाल त्यो अवसर बितिसकेको देखिन्छ र क्लबले उनलाई जनवरी उनलाई अफ लोड गर्न कडा कदम चाल्ने खबर छ। हालको आर्थिक अवस्थामा बार्सा आफ्नो तलब खर्च घटाउन चाहन्छ र खेलाडीहरू बेच्न बार्सा बाध्य हुने छ र बार्साको योजनामा उम्तितिलाई बेच्ने रहेको छ।