आफ्नो टिमले जिते पछि प्यान्ट फुकालेर खुसी मनाएका प्रशिक्षकलाई ६ महिनाको प्रतिबन्ध

ज़ांज़ीबारका एक प्रशिक्षकले आफ्नो वर्तमान टोलीले आफ्नो पुर्व टोली विरुद्ध गोल गरेपछि प्यान्ट फुकालेर खुसी मनाए थिए र उनि ६ महिनाको लागि प्रतिबन्धित भएका छन्।

मानि गेमेराले आफ्नो वर्तमान टीम मिम्बेनीलाई आफ्नो पूर्व टीम जाङ्ग ओम्बे बिरुद्ध जित दिलाए पछि उनि धेरै खुसी भए र सो खुसीको कारण उनले ६ महिनाको प्रतिबन्ध पाएका छन्।

उनको पुर्व टिम जाङ्ग ओम्बेले उनलाई बर्खास्त गरेको थियो र जाङ्ग ओम्बेबिरुद्ध आफ्नो नयाँ टिम जिते पछि उनि धेरै खुसी भएका थिए।

अन्तिम सीटी सुनेपछि गेमरा विपक्षी फ्यानहरू तिर गए र प्यान्ट फुकालेर खुसी मनाए। उनले केहि अश्लील संकेतहरू पनि फ्यानहरु माथि लक्षित गरे।

उक्त प्रशिक्षकलाई ६ महिनाको प्रतिबन्ध लागेको छ र $२०० जरिवाना पनि उनले तिर्न पर्ने छ।