आफ्नो टिमले गोल गर्दा प्यान्ट फुकालेर खुसी मनाएका फ्यानलाई आजीवन प्रतिबन्ध

मंगलबार भएको न्युक्यासल युनाइटेड फुटबल क्लब र अक्सफोर्ड युनाइटेड बीचको एफए कप खेलमा समर्थकले विचित्र शैलीले गोलको खुसी मनाए पछि उक्त फ्यान माथि क्लबले स्टेडियम भित्र आउने प्रतिबन्ध लगाएको छ।

सेन्ट-म्याक्सिमिनले एक शानदार गोल गर्दा न्युक्यासलले अक्सफोर्ड युनाइटेडलाई ३-२ ले पराजित गर्दै एफए कप पाँचौं राउन्डमा न्युक्यासल पुगेको हो।

म्याक्सिमिनले गोल गरे पछि सबै फ्यानहरु धेरै खुसी भएका थिए तर एक फ्यानले आफ्नो प्यान्ट फुकालेर विचित्र ढंगबाट खुसी मनाए।

उक्त फ्यानको व्यवहार ‘हेलिकप्टर सेलिब्रेशन’को नामबाट सामाजिक संजाल भाइरल भयो।

तर क्लबले उक्त सेलिब्रेशनलाई अश्लील व्यवहार भन्दै निन्दा गरे र उक्त फ्यानलाई स्टेडियमबाट आजीवन प्रतिबन्ध लागेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ