आफ्नो टिमले गोल खाए पछि क्रोधित हुदै आफ्नो खेलाडीहरुलाई गाली गर्न प्रबन्धक मैदान भित्र छिरे पछि

फुटबल खेलको क्रममा प्रबन्धकहरु आफ्नो खेलाडीबाट क्रोधित हुने कुरा नयाँ हैन र धेरै जस्तो समय प्रबन्धकहरु टच लाइनबाटै खेलाडीहरु संग सम्र्पक गर्ने गर्छन। तर रोमानियन फुटबल लिगमा निकै अनौंठो घटना भएको छ। आफ्नो टिमले गोल खाए पछि प्रबन्धक यति क्रोधित भए कि खेलको क्रममा नै उनि मैदान भित्र छिरे र आफ्नो खेलाडीहरुलाई गाली गर्न थाले।

रोमानियाका क्लब बोटोसानी खेलमा २-१ ले अगाडि थिए,अतिरिक्त समयको ४ मिनेटमा जब विपक्षी टिम सेप्सीले गोल गरे पछि बोटोसानीका प्रबन्धक मारियस क्रोइटरु निकै आक्रोशित भए।

उनि मैदानमा छिरे र उनले आफ्नो ज्याकेट पनि खोले र आफ्नो खेलाडीहरु माथि उनि जाइ लागे। उनले आफ्नो गोलकिपरलाई पनि गाली गरेको भिडियोमा देख्न सकिन्छ।

हाल सो भिडियो भाइरल हुदै गएको छ।