आफ्नो गोल रोनाल्डोले लिएको बारे मोराटाले यस्तो भने

आफ्नो ७५० गोल पुरा गर्न रोनाल्डोले मोराटाले गरेको शतमा टच गर्दै गोल आफ्नो नाममा लिएका थिए र सो पछि रोनाल्डोको धेरै आलोचना भएको थिए भने हाल सो कुरा बारे अल्भारो मोराटाले बोलेका छन्।

कीभ बिरुद्धको खेलमा रोनाल्डोले आफ्नो ७५० गोल पुरा गरेका थिए तर सो गोल उनले मोराटाबाट चोरेको भनेर उनि माथि आरोप लागेको थियो भने मोराटाले सो कुराबाट आफुलाई केहि रिस नरहेको भन्दै रोनाल्डोको प्रशंसा गरेका छन्।

“तपाईं उनको खेल हेरेर उनीसँग धेरै सिक्न सक्नुहुन्छ,” मोराटाले टिम मेट रोनाल्डोको बारेमा भने।

“अन्य खेलाडीहरूले यस्तो उपलब्धि प्राप्त गर्न २० क्यारियर चाहिन्छ।”

उनि रोनाल्डोको सो उपलब्धिबाट आफु खुसी रहेको बताए र उनको गोलबाट आफुलाई नराम्रो महसुस नभएको उनले बताए।