आफ्नो खेलाडी दिएर स्टार विंगर साइन गर्ने योजनामा चेल्सी

प्रिमियर लिग क्लब चेल्सीले बायर्न म्युनिखका स्टार विंगर किंग्सले कोमनलाई साइन गर्न प्रयास गर्ने खबर छ। २५ वर्षका स्टार विंगर बायर्नको एक महत्त्वपूर्ण खेलाडीको रुपमा निर्मित भएका छन् तर क्लब सँग उनको नयाँ सम्झौता वार्ता भने सफल हुन सकेको छैन भने हाल खबर अनुसार उनलाई साइन गर्न चेल्सीले प्रयास गर्ने छ।

खबर अनुसार उनलाई साइन गर्न चेल्सीले आफ्नो विंगर क्यालम हडसन-ओडोइलाई बायर्नलाई दिने प्रस्ताव गर्ने छ।

हडसन-ओडोइलाई साइन गर्न बायर्न पनि इच्छुक रहेको छ भने गत सिजन उनलाई साइन गर्न बायर्नले पठाएको प्रस्ताव चेल्सीले अस्वीकार गरेको थियो भने हडसन-ओडोइ र नयाँ कोच टुचेल बिच केही विवाद रहेको जानकारी छ जसको कारण उनी सँग चेल्सीले कोमनलाई साट्न सक्ने रिपोर्ट छ।

बायर्न र कोमन बिचको सम्झौता विस्तार वार्ता ठप भएको छ र कोमनले आफ्नो तलब वृद्धिको माग गर्दै गरेको जानकारी छ जसमा बायर्नको सहमति भएको छैन। उनको सम्झौता २०२३ सम्म रहे पनि हाल तलबको मुद्दामा उनी खुसी नरहेको उनले क्लब छोड्न सक्ने चर्चा छ र सो अवस्थामा अन्य क्लबहरूको निगरानी रहेको छ।

चेल्सी सँगै म्यानचेस्टर युनाइटेड सँग पनि उनको नाम जोडिएको थियो तर युनाइटेडले जेडन सान्चो साइन गरे पछि चेल्सी कोमन साइन गर्ने मुख्य दाबेदार हुने खबर छ।