आफ्नो खेलाडी दिएर स्टार फुल-ब्याक साइन गर्ने युभेन्टसको योजना

सिरी ए क्लब युभेन्टस आर्सनलका स्टार फुलब्याक साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार आर्सनलका हेक्टर बेल्लेरिन साइन गर्न युभेन्टसले देखाएको छ। हेक्टर बेल्लेरिन माथि पिएसजी र बार्साको पनि नजर रहेको धेरै चर्चा थियो भने हाल युभे उनलाई साइन गर्न प्रयास गर्न तयार रहेको खबर छ।

खबर अनुसार हेक्टर बेल्लेरिन साइन गर्न युभे आर्सनललाई आफ्नो खेलाडी दिन तयार हुन सक्ने छ र बेल्लेरिनको लागि युभेन्टसले आर्सनललाई एरोन रामसे दिन सक्ने जानकारी छ। एरोन रामसे पूर्व आर्सनल खेलाडी हुने र उनी फ्री एजेन्टको रुपमा युभे गएका थिए भने हाल आर्सनल उनलाई फेरी साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा बेल्लेरिन साइन गर्न युभेले रामसेको प्रयोग गर्ने सक्ने खबर छ।

युभेन्टसले पहिले देखि बेल्लेरिन साइन गर्न इच्छुक रहेका थिए। हाल उनले क्लब छोड्ने चर्चा हुँदै गर्दा अर्सेनल सँग खेलाडी साट्ने युभेन्टसको योजना हुने कुरा छ।

सिजन सुरु हुने अगाडी हेक्टर बेल्लेरिन पिएसजीको मुख्य लक्ष्य रहे पनि आर्सेनलले मागेको रकम तिर्न पिएसजी केही अनिच्छुक देखिएको थियो भने हाल युभेन्टसले उनलाई साइन गर्न प्रयास गर्ने चर्चा छ।