आफ्नो खेलाडीद्वारा म्यान्चेस्टर युनाइटेडलाई चेतावनी

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका युवा खेलाडी अमाड डियालोले क्लबलाई आउँदो च्याम्पियनस लिग खेलमा आफ्नो पुरानो क्लब अटाल्यान्टा विरुद्ध “ठुलो गल्ती” नगर्न चेतावनी दिएका छन्। 

रिपोर्टका अनुसार डियालोले आफ्नो पुरानो क्लब अटाल्यान्टा विरुद्धको खेललाई सजिलो आँकलन नगर्न युनाइटेडलाई चेतावनी दिएका हुन्।
१९ वर्षका आइभोरियन खेलाडी अमाड ३७ मिलियन पाउन्डमा अटाल्यान्टाबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए।
आउँदो च्याम्पियनस लिग खेलमा म्यान्चेस्टर युनाइटेड अटाल्यान्टा विरुद्ध नेपाली समय अनुसार अक्टोबर २१ बिहीबार बिहान १२:४५ मा खेल्दै छन्।