लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले आफ्नो बाँकी क्यारियर पनि लिभरपुल सँग बिताउन चाहेको दाबी गरे। स्टार फरवार्ड २०१७मा रोमाबाट लिभरपुल आएका थिए र उनको खेल लिभरपुलमा निकै उत्कृष्ट रहेको छ।
🗣 “It’s not in my hands.”#LFC forward Mohamed Salah says he would like to remain at the club for the rest of his career ⤵️ pic.twitter.com/GtaWPd3blW
— Sky Sports News (@SkySportsNews) October 22, 2021
उनको हालको लिभरपुल सम्झौता अर्को सिजनको अन्त्यमा समाप्त हुने छ तर हाल सम्म लिभरपुल सँग उनको सम्झौता भने विस्तार भएको छैन तर आफ्नो क्यारियर भरि लिभरपुलको लागि खेल्न उनी इच्छुक रहेको दाबी गरे तर यो निर्णय आफ्नो हातमा नरहेको उनले बताए।
“यो म मा निर्भर गर्दैन, तर यदि तपाईँले मलाई सोध्नुभयो भने म मेरो फुटबल [क्यारियर] को अन्तिम दिन सम्म रहन चाहन्छु। यो मेरो हातमा छैन, यो क्लबले के चाहन्छ भन्ने मा निर्भर गर्दछ,” स्टार फोवार्डले स्काई स्पोर्ट्स लाई भने।
Mohamed Salah is in it for the long run at Liverpool 💪 pic.twitter.com/9C4i2vTDyU
— Goal (@goal) October 22, 2021
उनले थपे: “यस समयमा म आफूलाई कहिले पनि लिभरपुल विरुद्ध खेलेको देख्न सक्दिन। यो कठिन छ, म यसको बारेमा कुरा गर्न चाहन्न, यसले मलाई साँच्चै दुखी बनाउनेछ।”
उनलाई साइन रियल म्याड्रिड, बार्सा र पिएसजी जस्ता क्लबहरू इच्छुक रहेको चर्चा हुँदै गर्दा उनलाई २०२३मा फ्री एजेन्टमा गुमाउनु लिभरपुलको लागि ठुलो घाटा हुने छ। हाल सम्म सलाहले लिभरपुलका लागि १५३ खेलमा १०२ गोल गरेका छन् भने उनले क्लबलाई लिग र च्याम्पियन्स लिग जिताउन मद्दत गरेका छन्।