आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी बारे नेमार र एम्बाप्पेले बोले

पेरिस सेन्ट-जर्मेनका सुपरस्टारहरु नेमार र एम्बाप्पे दुबैले आफ्नो सम्बन्धित खेल क्यारियरमा सामना गरेका सबैभन्दा कठिन विपक्ष खेलाडीको बारेमा बोलका छन्।

नेमार र एम्बाप्पे दुबै पेरिस क्लब महत्त्वपूर्ण सदस्य बन्न पुगेका छन् र दुबै पिएसजी स्टारहरुले सँगसँगै खेलेका छन् र आफ्नो क्यारियरमा धेरै विश्व-स्तरीय स्टारहरुको सामना गरेका छन्।

नेमार र एम्बाप्पे दुबैले आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको बारे बोलेका छन्।

२१ बर्सका स्टार एम्बाप्पेले जियानलुइजी बुफनको नाम लिए। उनले ए एस मोनाको एफसीको साथ खेल्ने क्रममा २०१७को च्याम्पियन्स लिग सेमीफाइनलमा बुफनको युभेन्टस बिरुद्ध खेलेका थिए।

यसैबीच, नेमारले भने “उत्कृष्ट” डिफेन्डर रामोसको नाम लिए जसको नेमारले गोल गर्ने क्षमताहरूको प्रशंसा गरे।

पुर्व बार्सा स्टारले रियाल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई आफुले सामना गरेको सर्वश्रेष्ठ खेलाडी रहेको बताए।

“मैले सामना गरेको सर्वश्रेष्ठ खेलाडी ? सर्जियो रामोस,” नेमारले भने।

“किनभने उहाँ एक उत्कृष्ट सेन्टर डिफेन्डर हुनुहुन्छ र उनले गोल पनि गर्छन। उनको बिरूद्ध खेल्न धेरै गाह्रो छ।”