ब्राजिलका महान् फुटबलर पेले आफ्नो कम्जोर स्वास्थ्यको कारण घरबाट बाहिर निस्कन नसक्ने खबर छ। उनको छोराले बताए कि उनि सहाराबिना हिँड्न नसक्ने भएको कारण घरबाट बाहिर निस्कन उनले लाज मान्ने गर्छन।
Brazilian soccer great Pele is depressed over his poor health and reluctant to leave the house because he cannot walk unaided, his son Edinho said https://t.co/tt6CKenbBQ pic.twitter.com/5plt0nfrxN
— Reuters (@Reuters) February 11, 2020
तीन पटक विश्व कप जितेका पेलेलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्याइएको थियो ।
७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ ।
‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए ।
पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१ खेलमा उनले ७७ गोल हानेका छन् ।
Brazilian soccer legend Pele has become depressed due to his poor health and inability to walk unaided, according to his son who says the 79-year-old is now reluctant to even leave the house following complications with his recovery from hip surgery. https://t.co/jdGhGMSey8
— CNN (@CNN) February 11, 2020
पछिल्लो समय उनको स्वास्थ्यबारे सबैले चिन्ता व्यक्त गरिरहेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट शल्यक्रिया भएको थियो । त्यसको ६ महिनापछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।
‘एकपटक सोच्नुहोस् त, उनी राजा हुन्, उनको व्यक्तित्व सधैं उत्कृष्ट रहँदै आएको छ र अहिले उनी राम्रोसँग हिँड्न पनि सक्दैनन्,’ इडिन्होले बताए ।
‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घरबाहिर हुने काममा सरिक हुनै चाहँदैनन्,’ उनका छोराले जानकारी दिए ।