आफ्नो आइडल बिरुद्ध खेल्न पाए पछि एम्बाप्पेले खुसी ब्यक्त गरे

उदाउँदो फ्रान्सेली स्टार सबै समयका उत्कृष्ट मध्ये एकको बिरूद्ध खेल्न पाउँदा स्पष्ट रूपमा खुसी देखिन्थे।

आईतबार राति भएको नेसन्स लिगको खेलमा फ्रान्सले पोर्चुगलबिरुद्ध खेले र सो खेलमा फ्रान्सका स्टार काइलियन एम्बाप्पे पोर्चुगलका सुपरस्टार बिरुद्ध खेल्न पाए पछि निकै खुसी थिए सो खेल बराबरीमा अन्त्य भएको थियो ।

खेलको क्रममा दुई बीच केहि अन्तर्क्रिया पनि भएको थियो र दोस्रो हाफको सुरुमा दुई बीच केहि कुरा पनि भएको देखिन्छ।

 

View this post on Instagram

 

Idol 👑🐐… @cristiano

A post shared by Kylian Mbappé (@k.mbappe) on

खेल पछि काइलियन एम्बाप्पेले आफु र रोनाल्डो संगै भएको फोटो इन्स्टाग्राममा राखे र क्याप्शनमा उनले ‘आइडल’ वनेर लेखेका थिए।