आफ्नो अगाडी कोका-कोलाको बोतल देखे पछि रोनाल्डोको यस्तो प्रतिक्रिया

पोर्चुगलले हंगेरी विरुद्धको खेल सँग यो वर्षको युरो कपको सुरुवात गर्ने छ र खेल अगाडी पत्रकार सम्मेलनमा रोनाल्डोको एक भिडियो हाल भाइरल हुँदै गएको छ। खेल अगाडीको पत्रकार सम्मेलनमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो अगाडी कोकाकोलाको बोतल देखे पछि खुसी थिएनन्।

पत्रकार सम्मेलनमा सामेल हुने क्रममा उनले आफ्नो डेस्कमा कोकाकोलाको दुई बोतल देखे र सो कुराबाट उनी खुसी थिएनन् र उनले उक्त दुई बोतल आफू भन्दा टाढा राखे र त्यो ठाउँमा पानीको बोतल राखे र उनले दर्शकहरूलाई पनि उक्त सफ्ट ड्रिंकको सत्ता पानी पिउनु आग्रह गरे।

उनको कोकाकोला प्रतिको प्रतिक्रिया हाल धेरै भाइरल हुँदै गएको छ। उनी आफ्नो फिटनेस र स्वास्थ्यलाई धेरै गम्भीरता रुपमा लिने गर्छन् भने उनी स्वस्थ जीवनशैलीलाई बढावा दिने गर्छन् र खेल अघि नै आफ्नो अगाडी उक्त कोकाकोलाको बोतल देखे पछि उनी खुसी थिएनन्।

कोका-कोला युरो २०२०को प्रायोजकको रूपमा रहेको छ। केही समय अगाडी रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरलाई पनि सो प्रकारका ड्रिंक र जंक फूड नखान आग्रह गर्ने गर्ने गरेको खुलाएका थिए।