आफ्नै पेनाल्टी रद्द गराए पछि क्रिस्टियानो रोनाल्डोको प्रशंसा

एएफसी च्याम्पियन्स लिगमा पर्सेपोलिससँगको भिडन्तमा अल नासरका क्रिस्टियानो रोनाल्डोले निकै उत्कृष्ट स्पोर्ट्सम्यानसिप देखाए ।

उक्त खेलको ४औ मिनेटमा अल नासरले पेनाल्टी पाएको थियो तर फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रेफ्रीलाई उक्त निर्णय गलत रहेको र पेनाल्टी नभएको बताए भने भीएआरले पनि सो घटनाको जाँच लिए पछि पेनाल्टी नरहेको निर्णय लिएको थियो।

भीएआरले उक्त फाउल हेर्नु अगाडीनै क्रिस्टियानो रोनाल्डोले पेनाल्टी नरहेको स्विकार्दै रेफ्री सँग कुरा गरे जसको लागि हार रोनाल्डोको धेरै प्रशंसा हुँदै गरेको छ।

 

रोनाल्डोको उक्त व्यवहारको लागि हाल सामाजिक सञ्जालमा उनको स्पोर्ट्सम्यानसिपको वारे धेरै चर्चा भएको छ र फ्यानहरू देखि केही पूर्व खेलाडीले पनि उनको प्रशंसा गरेका छन्।

उक्त खेल भने ०-०को बराबरीमा अन्त्य भएको थियो । बराबरी सँगै साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको समूह ई को शीर्ष स्थानमा रहेको छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ