आफ्नै खेलाडी विरुद्ध कानुनी कारबाही गर्ने बार्सिलोनाको चेतावनी

ला लिगा क्लब बार्सिलोनाले आफ्नै खेलाडी मार्टिन ब्रेथवेट विरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएको जानकारी छ।

हाल खराब आर्थिक अवस्थामा रहेको बार्सा आफ्नो खेलाडीहरू बेच्न पर्ने बाध्यतामा रहेको छ आफ्नो स्ट्राइकर मार्टिन ब्रेथवेट सँग सम्झौता रद्द गर्ने बार्साको योजना रहेको छ तर ब्रेथवेटले भने आफ्नो बाँकी रहेको सम्झौताको तलब नपाए सम्झौता रद्द नगर्ने स्पष्ट गरेका छन् भने बार्सा उनी सँग खुसी छैन।

कुनै पनि खेलाडी सँग सम्झौता बाँकी रहेको समयमै सम्झौता रद्द गर्न क्लबले क्षतिपूर्ति दिनु पर्ने हुने छ जुन सम्झौता बाँकी रहेको अनुसारको तलब हुने गरेको छ।

बार्सा भने आपसी समझदारीमा बिना क्षतिपूर्ति मार्टिन ब्रेथवेट सँगको सम्झौता रद्द गर्ने प्रयासमा रहेको छ जुन गर्न ब्रेथवेटले अस्वीकार गर्दै आएका छन्।

ब्रेथवेट र बार्सा बिचको सम्झौता २०२४ सम्म रहेको छ र क्लब सँगको सम्झौता रद्द गर्न ब्रेथवेटले सम्झौतामा बाँकी रहेको २ वर्ष सम्मको तलबको मागेका छन्। बार्सा मार्टिन ब्रेथवेट सँग खुसी छैन भने उनी विरुद्ध कानुनी कदम चाल्ने बार्साको चेतावनी रहेको छ।

ब्रेथवेट २०२०मा बार्सामा आएका थिए भने हाल सम्म उनले क्लबको लागि ५७ खेल खेल्दै १० गोल र ५ असिस्ट गरेका छन्।