सिरी एमा ए एस रोमाले सासुओलो सँग १-१को बराबरी खेलेको थियो भने उक्त नतिजा पछि जोसे मोरिन्हो खुसी छैनन् र उनले आफ्नै खेलाडी रिक कार्सडोर्पले टिमलाई आफ्नो अनप्रोफेसनल व्यवहारले धोका दिएको दाबी गर्दै आफ्नो आक्रोश देखाएका छन्।
🗣️ Mourinho in his press conference yesterday:
“The team’s effort was betrayed by an unprofessional player. I had 16 players on the pitch, I liked the approach of 15 of them. The player will have to find a new club in January.”
The player is rumoured to be Rick Karsdorp 😳 pic.twitter.com/OXvGWgRfAP
— Italian Football TV (@IFTVofficial) November 10, 2022
खेल पछिको पत्रकार सम्मेलनमा कुरा गर्दै मोरिन्होले आफ्नो राइट ब्याक रिक कार्सडोर्पलाई लक्षित गर्दै बोले भने आउँदो ट्रान्सफर विन्डो उनलाई क्लबले बेच्ने पनि सङ्केत गरे।
“कडा प्रतिद्वन्द्वी विरुद्ध जित्न चाहने हाम्रो यो टोली थियो, एक अनप्रोफेसनल खेलाडीको मनोवृत्तिले टोलीको प्रयासलाई धोका दिएकोमा मलाई दुःख छ। -खेल पछिको पत्रकार सम्मेलन जोसे मोरिन्होले बोल्दै भने।
“एक अनप्रोफेसनल मनोवृत्ति जसले उसको टिम मेटहरुलाई पनि असर गर्यो, यसले मलाई निराश तुल्याउँछ। अवे खेलमा एक अंक प्राप्त गर्नु अझै पनि नकारात्मक नतिजा होइन र म मेरो टोलीको सामान्य मनोवृत्तिबाट खुसी छु।’
Jose Mourinho says unprofessional player ‘betrayed’ Roma, says he needs to leave in January! 😳😡 pic.twitter.com/5loAdrXBjV
— SPORTbible (@sportbible) November 10, 2022
उनको टिप्पणी कसलाई लक्षित रहेको वारेमा सोध्दा, मोरिन्होले व्यक्तिको पहिचान गर्न अस्वीकार गरे।
“म उसको नाम बताउँदिन । मसँग आज राती मैदानमा १६ खेलाडी थिए र मलाई तीमध्ये १५ जनाको मनोवृत्ति मन पर्यो। जनवरीमा, उसले आफूलाई अर्को क्लब खोज्न आवश्यक छ।”
ईतलियन मिडिया कोरिरे डेल्लो स्पोर्ट्सका अनुसार, मोरिन्होले उल्लेख गरेको खेलाडी रिक कार्सडोर्प हुन्।
रिक कार्सडोर्पले बेन्चबाट ६५ औँ मिनेटमा मैदान प्रवेस गरे भने उनको खेल राम्रो हुन सकेको थियो भने रोमाले खेलको अन्तिम समयमा गोल खाँदा रिक कार्सडोर्पले राम्रो सँग डिफेन्स गर्न सकेका थिएनन् भने रोमाले आफ्नो अग्रता जोगाउन सकेन र खेल बराबरीमा अन्त्य भएको थियो ।