आफू १४ वर्ष हुँदाको रियल म्याड्रिडको प्रस्ताव किन अस्वीकार गरेको भनेर एम्बाप्पेले खुलाए

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

हाल पिएसजीका स्टार किलियन एम्बाप्पे रियल म्याड्रिडमा जान सक्ने बारे धेरै हल्ला हुने गरेको छ र रियल उनलाई साइन गर्न नजिक रहेको चर्चा हुने गरेको छ। तर एम्बाप्पे रियल जान नजिक रहेको यो पहिलो पटक होइन। एम्बाप्पे १४ वर्ष हुँदा रियलले उनलाई साइन गर्न प्रयास गरेको थियो।

एम्बाप्पेले सो बेला म्याड्रिडमा आएर जिदान र रोनाल्डो जस्तो व्यक्तिहरू सँग भेट गरेका थिए तर उनले सो बेला रियालको प्रस्ताव अस्वीकार गरे। हाल उनले सो निर्णय किन गरेको भनेर खुलाएका छन्।

“फ्रान्समा मैले मेरो क्यारियर सुरु गरेको मेरा आमाबुबा हेर्न चाहन्थे, उनको चाहना म फ्रान्समा शिक्षित हुनु थियो” एम्बाप्पेल एक अन्तर्वार्ताको बेला खुलासा गरे।

“फुटबल खेल्न, तर मेरो शिक्षा जारी राख्न। स्पेनमा जान, जीदानसँगै भए पनि, यो अर्को देश थियो, अर्को संस्कृति थियो …”

पिएसजीका स्टारले आफ्नो भविष्यको बारेमा भने छलफल गरेनन् आउँदो समय रियाल जान सक्ने बारे उनले केही बोलेनन् ।

“म सधैँ आफूलाई चुनौती दिन चाहन्छु, किनकि यसले तपाईँलाई आराम गर्न दिँदैन,” एम्बाप्पेले भने।

“मैदानले मलाई ऊर्जा दिन्छ, म यसरी रिचार्ज हुन्छु। त्यो कारण, मसँग फुटबलको अन्य पक्षहरूको सामना गर्ने शक्ति छ।”