आफू सबैभन्दा उत्कृष्ट पोर्चुगिज डिफेन्डर रहेको रुबेन डियासको दाबी

म्यानचेस्टर सिटीका स्टार डिफेन्डर रुबेन डियासको आफूमा अविश्वसनीय विश्वास रहेको देखिन्छ। उनी सँग विजयी मानसिकता रहेको हामीले खेलमा देखका छौ भने उनी सँग आफूमा धेरै विश्वास रहेको पनि हामीले हाल देखेका छौ उनले आफू सर्वश्रेष्ठ पोर्चुगिज डिफेन्डर रहेको उनको दाबीले यो देखाएको छ।

यस सिजन म्यानचेस्टर सिटीले उनलाई €६८ मिलियनमा साइन गरे पछि सिटीको डिफेन्स धेरै सुधार भएको छ। २४ वर्षका डिफेन्डरको खेल निकै राम्रो रहेको छ भने उनले सिटीलाई च्याम्पियन्स लिगको फाइनल पुग्न मद्दत गरे भने सिटी लिग पनि जितेको छ र आफ्नो राम्रो फम जारी हुँदा आफ्नो कम उमेर बाबजुद, डियास आफूलाई सबैभन्दा उत्कृष्ट पोर्चुगिज डिफेन्डर मान्ने गर्छन्।

प्रिमियर लिगको आधिकारिक युट्युब च्यानल सँग एक अन्तर्वार्तामा सबैभन्दा सर्वश्रेष्ठ पोर्चुगिज डिफेन्डर को रहेको बारे प्रश्न हुँदा उनले आफ्नो नाम लिए।

सबैभन्दा उत्कृष्ट पोर्चुगिज डिफेन्डर को रहेको प्रश्न बारे उनले भने: “के यो म हुन सक्छु?”

‘हुने सक्ने भनेर अन्तर्वार्ताकारले जवाफ दिए।

“त्यसो भए सो म हुँ।” रुबेन डियासले बताए।

“रिकार्डो कारभाल्होको बारेमा के लाग्छ?” उहाँलाई फेरी प्रश्न भयो।

“उनी पनि उत्कृष्ट थिए, तर राम्रो हुनको लागि तपाईँले आफूमा पहिले विश्वास गर्नुपर्दछ।”