बुधवार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको थियो र सो खेलमा बार्साका सुपरस्टार मेस्सीले दुई गोल गरेका थिए।
Elche’s goalkeeper couldn’t believe it when Lionel Messi asked him for his shirt in return 😂 pic.twitter.com/DRHcvH5J9w
— ESPN FC (@ESPNFC) February 24, 2021
खेलको अन्त्य पछि इल्चेका गोलकिपर एडगर बडिया अचम्मित हुन पुगे जब फुटबलका सुपरस्टार लिओनेल मेस्सीले उनी सँग जर्सी मागे। खेलमा दुई गोल गरे पनि खेलको अन्त्य पछि मेस्सीले आफ्नो नम्र पक्ष देखाउँदै २९ वर्षका गोलकिपर सँग जर्सी साट्न गए।
मेस्सीले आफ्नो जर्सी माग्दा बार्सिलोनामा जन्मिएका बडिया केही अचम्मित देखिन्थे। उनले हतार गर्दै आफ्नो किपरको जर्सी र मेस्सीलाई प्रस्तुत गरे र सम्पूर्ण क्रममा उनी निकै खुसी देखिन्थे।
Messi: Aquí está la remera.
Edgar Badía: Muchas gracias Leo.
Messi: Y la tuya?
Edgar Badía: eh? Ah mi camisa, la quieres? Perdón, si, aquí está. pic.twitter.com/ya4YFwarFF— Cacho Puerto (@cachopuerto) February 24, 2021
मेस्सीको सो निर्णयको हाल धेरै प्रशंसा हुँदै गरेको छ। उक्त खेल बार्साले ३-०ले जितेको थियो।