“आफू सँग नभएको रकम बार्साले खर्च गर्‍यो”

बार्सिलोनाले आफ्नो लगनशील प्रस्तुतीकरणमा क्लबका पूर्व बोर्ड सदस्यले गरेको खर्चको विवरण सार्वजनिक गरेको छ जसमा बार्साका पूर्व अध्यक्ष जोसेप बार्टमेउको नेतृत्वमा क्लबले खेलाडीहरू साइन गरेको बेलाको आर्थिक स्थितिको खुलासा भएको छ।

हालका क्लबका महानिर्देशक फेरन रिभर्टरले पूर्व अध्यक्ष बार्टमेउले एटलेटिको म्याड्रिडसँग गरेको सम्झौता ग्रिजम्यानको वित्तीय पक्षमा थप चिन्ताजनक जानकारी प्रकट गरेका छन् र उनका अनुसार ग्रिजम्यानलाई साइन गर्न बार्सा सँग पर्याप्त रकम नभए पछि बार्साले लोन लिएर भए पनि उनलाई साइन गरेको थियो।

“हामीलाई लाग्दछ कि जब खेलाडीहरूलाई साइन गरियो, उनीहरू [पूर्व बोर्ड] लाई थाहा थिएन कि उनीहरू उक्त खेलाडीलाई किन्न सक्दछन् वा सक्दैनन्” रिभर्टर उक्त प्रस्तुति मा भने।

“ग्रिजम्यान को सम्बन्ध मा यो मामला थियो, उनीहरूले उनलाई साइन गरेको रात मा, थाहा पाए कि उनको लागि तिर्न बार्सा सँग रकम छैन।

“उनीहरूले त्यो हस्ताक्षर कभर गर्न ८५ मिलियन मिलियन युरोको लोन खोजिरहेका थिए,” रिभर्टरले खुलाए र पूर्व अध्यक्षले ठुलो लेनदेनमा समेत धेरै गल्ती गरेको उनले बताए।

फिलिप काउटिन्होलाई साइन गर्दा पनि पूर्व अध्यक्षको अक्षमता बारे क्लबका महानिर्देशक फेरन रिभर्टरले खुलाए। काउटिन्होलाई साइन गरे पछि बार्साले लिभरपुललाई थप रकम तिर्न पर्ने अवस्था आएको उनले खुलाए।

“काउटिन्होलाई साइन गर्न बार्साले थप १६.६ मिलियन युरो खर्च गर्न परेको थियो ” उनले भने।

हाल बार्सा निकै कठिन आर्थिक अवस्थामा रहेको छ भने बार्सालाई सो अवस्थामा लग्न क्लबका पूर्व अध्यक्ष जोसेप बार्टमेउको ठुलो हात रहेको खुलेको छ उनको गलत निर्णय र खेलाडी साइन गर्न उनले गरेको खर्च र तलब खर्च व्यवस्थापन राम्रो नभए पछि हाल बार्सा निकै ठुलो समस्या रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ