आफू रोनाल्डो भन्दा राम्रो बन्न सक्ने हजार्डले दाबी गरेको पुर्व टिम मेटले खुलाए

आफू रोनाल्डो भन्दा राम्रो बन्न सक्ने तर मेस्सीको स्तरमा पुग्न नसक्ने एडन हजार्डले दाबी गरेको भनेर हजार्डका पुर्व चेल्सी टिम मेटले खुलाएका छन्। चेल्सीमा उनको निकै राम्रो प्रदर्शन रहेको थियो भने रियलले उनलाई रोनाल्डोको विकल्पको रूपमा साइन गरेको थियो।

हजार्डका पुर्व चेल्सी टिम मेट जोन ओबी मिकेलले खुलाए कि उनी आफू रोनाल्डो भन्दा राम्रो हुन सक्ने कुरामा विश्वस्त थिए।

मिकेलले द एथलेटिकलाई भने: “मैले सधैँ भनेको छु कि एक खेलाडी जो सबैभन्दा बढी प्रतिभाशाली थिए, जो संग सबै थोक थियो – गति, शक्ति, कौशल, प्रविधि -त्यो हजार्ड हो।

“उनी मात्र लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पछाडि थिए। तर उनी हुन चाहेको भए अझै राम्रो हुन सक्थे।

“हजार्ड आफैले भन्ने गर्थे- ‘यदि म अझै राम्रो हुन चाहे भने म अझै राम्रो हुन सक्छु। मेस्सी जस्तो सक्दिन किन कि उहाँ अर्कै ग्रहका हुन् तर मलाई लाग्छ म रोनाल्डोको नजिक जान सक्छु होला वा अझ राम्रो पनि हुन सक्छु।’

“यी शब्दहरू उनको मुखबाट निस्के थियो तर उनी खेलमा समर्पित छैनन्। उनी राम्रो प्रशिक्षण गर्दैनन्, उनी सबैभन्दा खराब प्रशिक्षक गर्ने खेलाडी हुन् जसको साथ मैले खेलेको छु।”

हजार्ड चेल्सीमा निकै उत्कृष्ट थिए भने प्रिमियर लिगमा उनले ११० गोल गर्दै दुई पटक लिग उपाधि जितेका छन्। हाल उनी ला लिगा क्लब रियलमा छन् र उनको फम राम्रो हुन सकेको छैन भने उनी चोटको कारण मैदान बाहिर हुने गरेका छन्।”