आफू रियल जान सक्ने हल्ला बारे म्यान सिटीका स्टारले यस्तो भने

म्यानचेस्टर सिटीका स्टार रियाद महरेज माथि ला लिगा क्लब रियल म्याड्रिडको नजर रहेको धेरै चर्चा हुने गरेको छ। उनलाई रियलले साइन गर्न सक्ने बारे धेरै कुरा हुँदा महरेजले सो बारे एक अन्तर्वार्तामा बोलेका छन्।

रियाद महरेज आफू रियलमा जाने कुरा अस्वीकार गरे भने आफू सिटीमा खुसी रहेको उनले बताए।

उनले क्यानल प्लस संग कुरा गर्दै भने: म ले हभ्रेसँग हुँदा म लिग १ मा खेल्न म चाहन्थे ।

“तर जबदेखि म प्रिमियर लिगमा आए, म आफ्नो क्यारियर यहाँ समाप्त गर्न चाहन्छु। मलाई यो च्याम्पियनसिप मन पर्छ, मलाई यो लिग धेरै रमाइलो लाग्छ। यो मेरो लागि फुटबल हो र म यो च्याम्पियनसिप छोडिरहेको देख्दिन।

“तर जे भए पनि फुटबलमा केही पनि हुन सक्छ।”