बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा फ्री एजेन्ट हुने क्रममा रहेको बेला रियलले उनी सँग ‘भोकल सम्झौता’ गरेको फाब्रीजियो रोमानोले दाबी गरेका छन्। रोमानोका अनुसार डेविड अलबालाई साइन गर्ने मुख्य दाबेदार रियल म्याड्रिड हो। रोमानोका अनुसार अलबा र रियल बिच वार्ता भएको छ उनलाई साइन गर्ने दौडमा रियल धेरै अगाडी छ।
David Alaba: “Real Madrid? Of course you hear a few things, but I’m not the kind of person who gets up and reads newspapers. We’ll see what happens in the future”. 🔴 [@iMiaSanMia]
Alaba has a verbal agreement [contract until 2024] with Real Madrid since January, not signed yet.
— Fabrizio Romano (@FabrizioRomano) March 24, 2021
डेविड अलबाले सो चर्चाहरू बारे मुख खोलेका छन् र आफू अर्को सिजन रियल जान प्रश्नबारे उत्तर दिएका छन्।
“रियल म्याड्रिड? अवश्य पनि तपाईँले केही कुरा सुन्नुहुन्छ, तर म त्यस्तो व्यक्ति होइन जो बिहान उठे पछि अखबार पढ्ने गर्छ।भविष्यमा के हुन्छ हामी हेर्नेछौँ”-अलबाले भने।
डेविड अलबा र बार्सिलोना बिच सम्झौता भएको बारे पनि धेरै हल्ला भएको थियो। रियललाई पछि पार्दै बार्साले उनलाई साइन गरेको कुराको चर्चा हुँदा अलबाले सो कुरा अस्वीकार गरेका थिए र बार्सा सँग आफ्नो कुनै सम्झौता नभएको पनि उनले स्पष्ट गरे।
David Alaba responds to Real Madrid and Barcelona transfer talk as he fires warning to Scotland #WorldCupQualifiers https://t.co/EjWH112ZyN pic.twitter.com/zfEGNHwQyR
— Daily Record Sport (@Record_Sport) March 24, 2021
यद्यपि रियल सँग उनको मौखिक सम्झौता भएको फाब्रीजियो रोमानोले दाबी गरेका छन् र अर्को सिजन उनी रियल जाने सम्भावना निकै धेरै रहेको जानकारी छ।
रोमानोका अनुसार बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न पाँच क्लबहरू प्रतिस्पर्धामा छन्। उनलाई साइन गर्न इच्छुक रहेको क्लबहरूमा चेल्सी, म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड जस्तो क्लबहरू रहेका छन्।