युभेन्टसका कोच आन्द्रे पिर्लो बर्खास्त हुन सक्ने धेरै चर्चा रहेको छ। हाल लिगमा युभेन्टस चौथो स्थानमा रहेको छ र पछिल्लो खेलहरूमा युभेले अङ्क गुमाएको छ भने च्याम्पियन्स लिगबाट पनि युभेन्टस नकआउट भएको थियो।
Zinedine Zidane to Sky Italy about his future: “Italy is always in my heart, Juventus has always been important to me. Coming back? I don’t know (laughs). I’m here at Real Madrid now. Let’s see…”. ⚪️ #Juve #RealMadrid
— Fabrizio Romano (@FabrizioRomano) April 6, 2021
पिर्लो बर्खास्त हुन सक्ने चर्चाको साथ उनको ठाउँ लिन सक्ने नयाँ कोचको बारे पनि धेरै चर्चा हुने गरेको छ। रियल म्याड्रिडका कोच जिदानले उनको ठाउँ लिन सक्ने बारे पनि धेरै कुरा हुने गरेको छ र एक अन्तर्वार्तामा उनले सो प्रश्न बारे जवाफ पनि दिएका छन्।
आफू युभे फर्किने बारे पुर्व युभेन्टस स्टार जिदानले भने: “इटाली जहिले पनि मेरो मुटुमा हुने छ, युभेन्टस सधैँ मेरो लागि महत्त्वपूर्ण रहेको छ।
Zidane: “I spent five years in Turin and Juventus are still important to me…”
👉 https://t.co/ZTteYh54rE pic.twitter.com/a8XgJuTIjj
— MARCA in English (@MARCAinENGLISH) April 6, 2021
“इटालीमा फर्किने कुरा? मलाई हाल थाहा छैन भविष्यमा के हुने छ। म अहिले यहाँ रियलमा छु र हेरौँ भविष्यमा के हुने छ।
आउँदो खेलमा युभे हारे पिर्लोलाई क्लबले बर्खास्त गर्न सक्ने चर्चा रहेको छ भने उनको ठाउँ केही समयको लागि सहायक कोच इगोर ट्यूडरले लिने खबर छ। ट्यूडर सिजनको अन्त्य सम्ममा अन्तरिम कोचको रूपमा काम गर्ने जानकारी छ।