आफू मेस्सी वा रोनाल्डको स्तर नपुगेको एम्बाप्पेको दाबी

पिएसजीका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले आफू बार्सिलोनाका स्टार लियो मेस्सी वा युभेन्टसका क्रिस्टियानो रोनाल्डोको समान तहमा रहेको विचार नगरेको बताए । गत दशकमा मेस्सी र रोनाल्डोले आफूलाई राखेको स्तरलाई एम्बाप्पेले दोहोर्‍याउने आशा गरेका छन्, तर त्यस बेला सम्म उनी दुई सुपरस्टार गोलकर्ताहरूसँग तुलना हुन चाहँदैनन्।

“यो मलाई मात्र थाहा भएको कुरा होइन [मेस्सी र क्रिस्टियानो सबैभन्दा उत्कृष्ट रहेको भनेर],” उनले टिप्पणी गरे।

“सबैलाई थाहा छ। यदि तपाई आफूलाई भन्नु हुन्छ कि तपाई उनीहरू भन्दा अझ राम्रो गर्नुहुन्छ भने, यो अहङ्कार वा सङ्कल्प भन्दा टाढा रहेको छ – यो सचेतनाको अभाव हो। ती खेलाडीहरू अतुलनीय छन्। तिनीहरूले तथ्याङ्कका सबै कानुनहरू तोडेका छन्। उनीहरूले यो १० वर्ष देखि लगातार गरेका छन्।

“तपाईँले आफूलाई सधैँ आफ्नो खेलको सर्वश्रेष्ठसँग तुलना गर्नुहुन्छ” एमबाप्पेले भने।

उनले खेलाडीहरू बिच हुने प्रतिस्पर्धा राम्रो रहेको पनि बताए।

“मलाई लाग्छ अन्य खेलाडीहरूले पनि मलाई हेर्छन्। यस्तो कुराहरूले खेलाडीहरूलाई आफ्नो खेल खेल्न उक्साउँछ, जसरी मेस्सी रोनाल्डोको लागि राम्रो थियो र रोनाल्डो मेस्सीको लागि राम्रो थिए प्रतिस्पर्धाले दुवै खेलाडीलाई फाइदा गर्‍यो”