आफू भन्दा यी ५ खेलाडी धेरै ‘टेक्निकल’ रहेको नेमारको दाबी 

पिएसजीका ब्राजिलियन सुपरस्टार नेमारले आफु भन्दा धेरै ‘टेक्निकल’ रहेको खेलाडीहरूको नाम लिएका छन्। ‘ओह माई गोलसँग एक अन्तर्वार्तामा बोल्दै, उनले स्वीकार गरे कि विश्व फुटबलमा उनी भन्दा केही प्राविधिक खेलाडीहरूबाट उनी प्रभावित भएका छन्।

उक्त अन्तर्वार्तामा उनलाई आफू भन्दा ‘टेक्निकल’ कुन खेलाडी रहेको भनेर प्रश्न हुँदा उनले ५ खेलाडीहरूको नाम लिए।

“म भन्दा बढी टेक्निकल?” नेमारले प्रश्नको जवाफ दिनु अगि भने।

“मलाई थाहा छैन कि म यसको उत्तर कसरी दिन सक्छु! विश्वको सबै नम्रताका साथ, म आफूलाई हाल फुटबलको सबैभन्दा प्राविधिक खेलाडीहरू मध्ये एक मान्दछु।”

तर पछि ५ खेलाडीहरूको नाम लिए : “मेस्सी, भेर्राटी, ह्याजार्ड,केभिन डि ब्रोइना अझै एक खेलाडी बाँकी छ?

“म भन्दा बढी टेक्निकल … थिएगो !”

हाल नेमार ब्राजिलको साथ कोपा अमेरिका खेल्दै छन्। शनिवार बिहान पहिलो क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो। खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो