आफू बाहेक यी ४ खेलाडीहरू फुटबल इतिहासको महान् खेलाडी रहेको रोनाल्डोको दाबी

ब्राजिलियन फुटबल लेजेन्द रोनाल्डोले आफू बाहेकको फुटबल इतिहासको महान् खेलाडीहरूको नाम लिएका छन् र उनले ४ खेलाडीहरू छनोट गरेका छन्। २ पटकका बलोन डि ‘ओर विजेता फुटबल इतिहास कै सबैभन्दा महान् स्ट्राइकर भनेर चिनिन्छन् र हाल उनले ४ खेलाडीहरूको नाम लिएका छन् जो फुटबल इतिहासको महान् खेलाडी रहेको उनको विश्वास छ।

रोनाल्डोले गोल डट कम सँग कुरा गर्दै डिएगो म्याराडोना, पेले, मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाम लिए।

“मेरो लागि, इतिहासको उत्कृष्टको वर्गीकरणमा, चार नामहरू पेले, म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो हुनेछन्,” रोनाल्डोले भने।

“उनीहरू फुटबलको इतिहासमा शीर्ष चार हुन्।”

ब्राजिलियन लेजेन्द रोनाल्डोले फ्रेन्च युवा स्टार एम्बाप्पेको पनि प्रशंसा गरे भने उनको खेल शैलीले आफ्नो खेल शैली याद गराउने रोनाल्डोले दाबी गरे।

“एमाप्पे नै हुन् जसले मलाई र मेरो खेल्ने समयको सबैभन्दा धेरै सम्झना गराउँछ,” रोनाल्डोले भने।