आफू बार्सिलोना जान सक्ने हल्ला बारे युभेका स्टार डिफेन्डरले यस्तो भने 

युभेन्टसका स्टार डिफेन्डर म्यथिस डे लिग्ट साइन गर्न बार्सिलोना इच्छुक रहेको चर्चाहरू हाल धेरै बढेको छ भने डे लिग्टले पनि क्लब छोड्न सक्ने हल्ला बढेको बेला सो चर्चाहरू बारे डे लिग्टले बोलेका छन्।

डे लिग्टले यस सिजन युभेको लागि नियमित रुपमा खेलका छन् तर यो सिजन सिरी एमा युभेन्टसको निराशाजनक फम रह्यो भने युभे चौथो स्थानमा रह्यो र युभेको खराब फम पछि युभेले आफ्नो केही खेलाडीहरू बेच्न सक्ने चर्चा भएको थियो।

बार्सिलोनाले हालै एरिक गार्सिया सँग सम्झौता गरेको छ र बार्सा अर्को सेन्टर ब्याक साइन गर्न इच्छुक रहेको बेला डे लिग्टको नाम ला लिगा क्लब सँग जोडिएको छ। डे लिग्टले भने सो कुरा अस्वीकार गरे र सो हल्लाहरू बारे आफूलाई थाहा नभएको दाबी गरे।

“मलाई बार्सिलोनाको मेरो माथिको चासोको बारे केही थाहा छैन। ” डे लिग्टले भने।

“यो अहिल्यै सोच्न लायक छैन किनकि त्यहाँ भन्नु पर्ने केही छैन।

“कसैले(अन्य क्लबहरूले) पनि मलाई सम्पर्क गरेको छैन।

“युभेन्टसमा म खुसी छु, कहिलेकाहीँ नतिजा खराब भए पनि म राम्रो महसुस गर्छु। मलाई थाहा छैन युभेले मलाई बेच्ने छ वा छैन तपाइले यो युभेन्टसलाई सोध्नु पर्छ।”