“आफू बार्सिलोनामा जाने ’bout लौटारो मार्टिनेजले यस्तो भने”

इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेज बार्सिलोना जान सक्ने धेरै चर्चा रहेको थियो भने बार्साले पनि उनलाई साइन गर्न प्रयास गरेको थियो तर बार्सा उनलाई गत सिजन साइन गर्न असफल रहे।

हाल बार्सा अझै पनि लौटारो मार्टिनेज साइन गर्न इच्छुक रहेको चर्चा हुने गरेको छ भने क्लबले उनलाई फेरी पनि साइन गर्न प्रयास गर्ने कुरा आएको बेला लौटारो मार्टिनेज आफू इन्टर मै बस्ने दाबी गरेका छन्।

उनले आफू बार्सामा जाने चर्चामा पूर्ण विराम लगाउँदै भने: “हो, एक वर्ष अगाडी बार्सिलोना मलाई साइन गर्न चाहन्थे … र त्यो मेरो बाटो थियो। तर मैले एन्टोनियो कोन्टेलाई भनें: ‘चिन्ता नलिनुहोस्, म इन्टर योजनाहरूमा केन्द्रित छु’। र अब मेरो लागि बार्सा चर्चा पुरानो कथा हो, म इन्टर मै बस्ने छु।

“मैले गर्मीमा इन्टर छोड्ने छैन। म चाँडै क्लब संग सम्झौता विस्तार गर्दै छु र मेरो योजना लामो समय सम्म यहाँ रहनु हुने छ।”