आफू पिएसजी छोडेर युनाइटेडमा जाने हल्लाहरूमा पोचेटिनोले मुख खोले 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो नर्वेजियन प्रशिक्षक ओले गनर सोल्सरलाई बर्खास्त गरे पछि युनाइटेडको नयाँ कोचको रुपमा को व्यक्ति आउने बारे धेरै चर्चा हुँदै गरेको छ भने पिएसजीका माउरिसियो पोचेटिनो युनाइटेडमा जान इच्छुक रहेको धेरै हल्लाहरू भएको थियो।

सिजनको बिचमा पिएसजी छोडेर युनाइटेडको नयाँ प्रशिक्षकको रुपमा पोचेटिनो जान इच्छुक रहेको चर्चा भएको थियो भने सो चर्चाहरू बारे पोचेटिनोले मुख खोलेका छन्। माउरिसियो पोचेटिनोले उक्त हल्लाहरू सत्य नरहेको दाबी गरेका छन् भने आफू पेरिस सेन्ट-जर्मेन कोचको रूपमा खुसी रहेको बताएका छन्।

“पिएसजीको सम्झौतामा रहँदा युनाइटेडको जागिरको बारेमा बोल्नु गल्ती हुनेछ।- पोचेटिनोले आफू युनाइटेडमा जाने हल्लाहरू बारे बोल्दै भने।

“म फुटबलमा धेरै केन्द्रित छु, म बच्चा होइन, मैले मेरो पुरै जीवन फुटबल खेलेर बिताएँ र अहिले प्रशिक्षक भएको १२ वर्ष भएको छ, र अफवाहहरू धेरै आउने हुने गर्छ।

“के भइरहेको छ म पूर्णतया बुझ्छु – कहिलेकाहीँ यो सकारात्मक वा कहिलेकाहीँ नकारात्मक हुन्छ, तर यस प्रकारको कुराले मेरो ध्यान भङ्ग गर्न सक्दैन। अर्को क्लबले के गरिरहेको छ मलाई मतलब छैन र म मैले यसको बारे कुरा गरे यो गल्ती हुने छ। यो कुरा सन्दर्भ बाहिर छ।

“अफवाहहरू, हामी त्यसको साथ बाँचिरहेका छौँ। हामी खेल जित्ने र खेलाडीहरूलाई उनीहरूको प्रदर्शनमा १००% दिने प्रयासमा केन्द्रित छौँ।

“म पीएसजीमा खुसी छु र सिटी विरुद्ध सम्भवतः उत्कृष्ट नतिजा ल्याउने प्रयासमा केन्द्रित छु।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ