आफू चेल्सी फर्किन सक्ने वारे हजार्डले यस्तो भने 

रियल म्याड्रिडका स्टार एडन हजार्डको खेल क्लबमा सोचे अनुरूप हुन सकेको छैन जसको कारण उनले रियल छोड्ने र फेरी चेल्सी फर्किने वारे धेरै चर्चा हुने गरेको छ भने हालै हजार्डले सो चर्चाहरू वारे बोल्दै चेल्सीले आफू सँग कहिले सम्पर्क नगरेको दाबी गरेका छन्।

“म चेल्सी फर्किने? म कहिले पनि रियल म्याड्रिड छाड्ने वा चेल्सी फर्कने नजिक थिइनँ।- हजार्डले आफू चेल्सीमा फर्किन सक्ने चर्चा वारे बोल्दै भने।

“मैले चेल्सी छोडे देखि चेल्सीले मलाई कहिल्यै बोलाएको छैन।

“किन सधैँ म चेल्सी फर्किने वारे चर्च हुन्छ भनेर मलाई थाहा छैन, इमानदारीपूर्वक भन्दा।”

उनले रियल म्याड्रिड छोड्ने आफ्नो कुनै योजना नरहेको पनि बताए भने विश्वकप पछि आफ्नो फम देखाउने उनले आफ्नो विश्वास पनि व्यक्त गरे।

“म रियल म्याड्रिड छोड्न चाहन्न। सायद विश्वकपपछि मेरो अवस्था फेरिनेछ ।

“म खेल्न चाहन्छु तर यो कोच हुन् जसले आफ्नो छनौट गर्दछ। म स्वीकार गर्छु, तर म उनलाई देखाउन चाहन्छु कि म अझ धेरै खेल्न योग्य छु। जब तपाईँ खेल्नुहुन्न यो गाह्रो छ।”

हजार २०१९मा चेल्सीबाट रियल म्याड्रिडमा आएका थिए तर रियलमा उनको समय सोचे जस्तो हुन सकेको छैन भने क्लबमा धेरै समय देखि उनी चोटबाट सङ्घर्ष गर्दै आएका छन्।

हाल सम्म उनले रियलको लागि ७२ खेल खेल्दै केवल ७ गोल र ११ असिस्ट गरेका छन् भने उनले रियल छोड्ने र चेल्सी फर्किने वारे धेरै चर्चा हुने गरेको छ जसको वारे हालै उनले बोलेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ