रोनाल्डोले आफूसँग जर्सी साट्न नमाने पछि खेलाडीलाई टिम मेटहरूले रोनाल्डोको जर्सी उपहार दिए

एटलान्टाका खेलाडी रोबिन गोसेन्सले युभेन्टसका सुपरस्टार रोनाल्डोले आफू सँग जर्सी साट्न नमानेको आरोप लगाए। खेल पछि आफूले जर्सी माग्दा उनले नदिएको र आफूलाई निकै नराम्रो लागेको भनेर केही दिन अगाडी उनले खुलाएका थिए।

उनको सो गुनासोले धेरै जना रोनाल्डो सँग आक्रोशित भए भने कहिले रोनाल्डोको पक्ष पनि लिए।

गोसेन्सका टिम मेटहरूले भने सो कुरामा मजाक गरे। क्लबको ड्रेसिङ रुममा रोबिन गोसेन्सलाई उनको टिम मेटहरूले एक उपहारको प्याकेज दिए र सो उपहार खोले पछि गोसेन्सले आफ्नो हाँसोलाई रोक्न सकेनन्। उनको टिम मेटहरूले मजाकको रूपमा उनलाई क्रिस्टियानो रोनाल्डो युभेन्टस जर्सी उपहार दिए।

आफू सँग रोनाल्डोले जर्सी साट्न नमानेको भनेर निराश रहेका रोबिन गोसेन्सलाई उनको टिम मेटले मजाकको रूपमा रोनाल्डोको जर्सी दिए र सो हास्यास्पद भिडियो हाल निकै भाइरल हुँदै गएको छ।

केही दिन अघि उनले रोनाल्डोले आफूलाई जर्सी दिन नमानेको कुरा खुलाएका थिए।

“युभेन्टस विरुद्धको खेल पछि मैले रोनाल्डोको जर्सी पाउने सपना पूरा गर्ने प्रयास गरेँ।

“अन्तिम सिठी पछि म उहाँ समक्ष गएँ, जर्सी मग्न तर रोनाल्डोले स्वीकार गरेनन्। मैले सोधेँ : ‘क्रिस्टियानो, म तिम्रो शर्ट लगाउन सक्छु?’

“उनले मलाई हेर्दा पनि हेरेनन् , उनले सिधै अस्वीकार गरे'”