आफूले क्लब छोड्न लागेको चर्चाहरूबारे क्लोपले यस्तो भने

लिभरपूलका कोच क्लोपले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको थियो। लेस्टर सिटी संग ३-१को हार पछि सुरु भएको यो चर्चा धेरै ठुलो भएको थियो र हाल क्लोप आफैले उक्त हल्लाहरू बारे बोलेका छन्।

उनले आफु क्लब छोड्ने कुरा अस्विकार गरे र उनी अझै पनि ऊर्जाले पूर्ण रहेको बताए।  च्याम्पियन्स लिग खेल अघिको पत्रकार सम्मेलनमा उनी माथि सो बारे प्रश्न उठेको थियो जसको जवाफमा उनले भने : “मलाई ब्रेक चाहिँदैन,”

“हेनुस, हाल प्रेस सम्मेलनमा निजी कुराको बारेमा कुरा गर्न म चाहन्न, तर सबैलाई निजी रूपमा थाहा छ हाम्रो यो कठिन समय रहेको थियो- त्यो केवल तीन हप्तामा मात्र थिएन, त्यो धेरै लामो समयको लागि थियो र हामी यो एक परिवारको रूपमा गर्नेछौँ।

“मैले फुटबलमा ३० वर्ष बिताएको छु र २० वर्षको लागि प्रशिक्षकको रूपमा काम गरे। म चीजहरू विभाजन गर्न सक्दछु र चाहेको समय स्विच अफ गर्न सक्छु। यदि कुरा निजी छ भने, म निजी हुन्छु, यदि कुरा फुटबलको हो भने मा यहाँ छु यो मेरो काम गर्ने ठाउँमा ।

“हाल हामी हाम्रो वरपर भएका कुराहरूबाट प्रभावित हुँदै छौ तर कसैले मेरो चिन्ता लिनु पर्दैन। म खराब हालतमा जस्तो देखिन सक्छु किनभने मौसम राम्रो छैन, मेरो दाह्री झन् बढी सेतो भएको छ, हो म धेरै सुत्दिनँ, तर म ऊर्जाले पूर्ण छु। परिस्थिति चुनौतीपूर्ण छ। म यसलाई एउटा रोचक चुनौतीको रूपमा देख्छु। “

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ