जोसे मोरिन्होले दाबी गरेका छन् कि हाल उनी भन्दा राम्रो प्रशिक्षक अरू कोही छैन
टोटनह्यामले आइतबार लिगमा वेस्ट ह्याम युनाइटेड विरुद्ध हारको सामना गरेको थियो र स्पर्समा उनको शैली बारे प्रश्नहरू आउने क्रम सुरु हुँदा उनले सो बारे आफ्नो प्रतिक्रिया दिए।
🗣 “When a team fights the way they did until the last second, it’s never a group crisis. I would say a really bad run of results.”
Jose Mourinho insists there is no crisis within the Tottenham dressing room pic.twitter.com/w5faLurz65
— Football Daily (@footballdaily) February 22, 2021
हाल स्पर्स लिगको ९औँ स्थानमा रहेको छ र क्लबमा उनको निर्णय बारे केही आलोचना हुन थालेको छ। खेल पछिको अन्तर्वार्तामा उनले आफ्नो आलोचनाहरू प्रति लक्षित गर्दै बोले र आफू विश्वको सर्वश्रेष्ठ प्रबन्धक रहेको दाबी गरे।
“कहिलेकाहीँ खेलको नतिजा फुटबलमा बहुविध परिस्थितिको परिणाम हुन्छ, “म्यानचेस्टर युनाइटेडका पूर्व कोचले स्काई स्पोर्ट्सलाई भने।
“म र मेरो कोचिङ स्टाफको विधिहरू, संसारमा कसैको पनि पछि छैन।”
वेस्ट ह्याम विरुद्ध स्पर्सले २-१को हारको सामना गरेको थियो। हाल ३६ अङ्कको साथ टोटनह्याम लिगको ९औ स्थानमा छ।