आफु रियल म्याड्रिड जान सक्ने बारे सलहाले यस्तो भने

लिभरपुलका स्टार मोहम्मद सलहाले आफु ला लिगामा खेल्न सक्ने कुरा सम्भव रहेको बताए। इजिप्टका स्टार रियलमा जान सक्ने धेरै चर्चा भएको थियो र सो बारे उनले बोलेका छन्।

उनले ए एसलाई भने: “मलाई लाग्छ म्याड्रिड र बार्सिलोना दुई शीर्ष क्लबहरू हुन्।

“भविष्यमा के हुन्छ कसलाई थाहा छ, तर अहिले म लिभरपूलको साथ फेरि प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने कुरामा केन्द्रित छु।”

लिभरपुल अझै कति समय सम्म बस्ने प्रस्न बारे उनले भने “यो गाह्रो प्रश्न हो, तर अहिल्यै म भन्न सक्दछु कि सबै चीज क्लबको हातमा छ। अवश्य नै म यहाँ रेकर्डहरू तोड्न चाहन्छु, तर सबै क्लबको हातमा छ। “