आफु माथि समर्थकहरुले रंगभेद गरे पछि खेलाडीले बीचैमा खेल छाडे

पोर्टोका फरवार्ड मौसा मारेगाले समर्थकहरुको रङ्गभेदी व्यवहारको शिकार बनेका छन् । आइतबार भएको खेलमा उनि माथि विपक्ष टिमका समर्थकहरुबाट रङ्गभेदी दुर्व्यवहार भएको हो।

उनले गोल गरे पछि विपक्ष टिमका समर्थकहरुले उनलाई लक्षित गर्दै रङ्गभेदी हुने गीत गएका थिए। २८ वर्षीय मारेगाले गोल गरेको ९ मिनेटपछि ६९ औँ मिनेटमा खेल्न इन्कार गरे र मैदान बाहिरए।

मैदान छाड्न अघि उनले विपक्ष टिमका समर्थकहरुलाई माझी औँला देखाए ।

उनको टोलीका समकक्षीले उनलाई मैदान नछाड्न आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।

उनैको गोल निर्णायक बन्दा पोर्टो २–१ ले विजयी बन्यो ।

पछि आफ्नो इन्सटाग्राममा लेख्दै मारेगाले स्टेडियममा आएर रङ्गभेदी टिप्पणी गर्ने घरेलु समर्थक ‘मुर्ख’हरु भएको बताए ।

‘जुनसुकै राष्ट्रियता, छालाको रङ्ग वा कपालको रङ्ग भए पनि हामी एउटा परिवार हौँ,’ पोर्टोका प्रशिक्षक सर्जियो कोइन्साओले भने, ‘हामी मानिस हौँ, हामीलाई सम्मान चाहिन्छ । आज जे भयो त्यो दुःखद थियो ।’

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ