“आफु भन्दा पनि सोमपाल छनोट भएकोमा खुसी छु” – सन्दिप लामिछाने

सन्दीपले आफ्नो लागि भन्दा पनि सोमपालको छनौटमा आफु बढी खुशी भएको बताए । सन्दीपले आफुले खेलेका लिगहरुपछि अन्य नेपाली खेलाडीको लागि पनि ढोका खोल्ने बताउदै आएको र यसको सुरुवात समेत भएको बताए ।

खेलका बारेमा भने आफुले दबाब महसुस नगरेको बताउदै गत बर्ष आफुले विभिन्न लिगमा राम्रो गरेकै कारण नेपालबाट एक खेलाडी थपिएको बताए ।

ग्लोबल टी-२० मा सन्दीपले ६० हजार डलरमा छनौट भएका छन् भने सोमपाल न्युनतम मुल्य ३ हजार डलरमा छनौट भएका हुन् । सन्दीपलाई क्यारेबियन प्रिमियर लिग टिम टिम बार्बाडोसले गत महिना ड्राफ्टबाट ७० हजार डलरमा लिएको थियो ।

सोमपाल छनौट भएको टिम विन्नीपिग हक्समा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन, उमर अकमलजस्ता खेलाडीहरु रहेका छन् भने त्यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्समा भने हालै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युवराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा केरन पोलार्ड, ब्रेण्डन म्याकलम, चिराग सुरी जस्ता खेलाडी रहेका छन् ।