आफुले युवा खेलाडीहरुलाई नयाँ क्लब खोज्न आग्रह गरेको स्वीकार गरे बार्साका कोच कोम्यानले

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई नयाँ क्लब खोज्न आग्रह गरेको कुरा स्वीकार गरेका छन्।

उनले युवा स्टारलाई नयाँ क्लब खोज्न आग्रह गरेको धेरै चर्चा भएको थियो र उनले आफुले सो आग्रह गरेको स्वीकार गरेका छन् भने उनले सो कुरा खेलाडीहरुलाई भविष्यमा तयारी अवस्थामा रहन मद्दत गर्न गरेको दाबी गरे।

डच कोचले भान: “हाम्रो काम सबैलाई तयार गर्नु हो ताकि जब क्लबमा नयाँ अध्यक्ष आउने छन् हामी चीजहरूलाई अन्तिम रूप दिन सक्छौं।”

“मैले यो फेरी भन्छु कि यो तयारीको बारेमा छ र यदि हामीसँग केही युवा खेलाडी छन् जो राम्रो गर्न सक्छन वा राम्रो काम गर्छन, छ महिनासम्म अर्को टोलीमा जाने छन् भने हामी सो खेलाडीहरूसँग पहिले कुरा गर्नेछौं,” उनले भने।

“प्रत्येक खेलाडीले निर्णय लिन सक्दछन् यदि तिनीहरू क्लब छोड्ने चाहन्छन् भने, तर हामी खेलाडीलाई सल्लाह दिन्छौं जुन ति खेलाडीहरु हुन् जो प्रायः खेल्दैन वा हामी अधिक प्रयोग गर्दैनौं।”