आफुले नचाहेको खेलाडी क्लबले साइन गरे पछि कोचले गरे आफ्नो राजीनामाको प्रस्ताव

फ्रेन्च क्लब मार्सेका प्रबन्धक आन्द्रे विला-बोसले क्लबलाई आफ्नो राजीनामाको प्रस्ताव गरेका छन्। क्लबले उनको इच्छा विपरीत खेलाडी साइन गरे पछि उनी क्लब सँग असन्तुष्ट भएका छन्।

क्लबले ट्रान्सफर विन्डोको अन्तिम समयमा सेल्टिकबाट ओलिभियर न्टच्यामलाई लोनमा साइन गरे उनलाई साइन गर्न कोच विला-बोस इच्छुक थिएनन्।

क्लबले उनको इच्छा विपरीतमा खेलाडी साइन गरे पछि पूर्व चेल्सी कोचले एक प्रेस सम्मेलन बोर्डलाई आफू राजीनामा गर्न चाहेको बताए।

“यो मैले लिएको निर्णय थिएन। विशेष गरी एक खेलाडी जसलाई साइन गर्न म इच्छुक थिएन,” बोसले पत्रकारहरूलाई भने।

“म योबाट सचेत थिएन, मैले बिहान उठे पछि उक्त कुरा बारे क्लबको वेबसाइटमा देखे। म यो खेलकुदको रणनीति सँग सहमत नभएको भन्दै राजीनामा दिन चाहन्छु। बोर्डले मलाई अहिलेसम्म प्रतिक्रिया दिएको छैन। मलाई पैसा चाहिँदैन, म मात्र क्लब छोड्न चाहन्छु।