क्लब ब्रुगका स्टार स्ट्राइकर इमानुएल डेनिसले बोरुसिया डर्टमन्ड बिरुद्धको च्याम्पियन्स लिग खेलमा उपस्थित नहुने भएका छन् र उनि सो खेलमा उपस्थित नहुनुको कारण निकै अनौंठो रहेको छ- खबर अनुसार उनले टिम बसमा आफ्नो मनपर्ने सीटमा बस्न नपाएको भन्दै रिसाउँदै फर्केका थिए।
Emmanuel Dennis will miss Club Brugge’s Champions League trip to Dortmund tonight…
Injured? No. Isolating? No.
It’s reportedly because he stormed off the team bus after not being able to sit where he wanted.
Incredible 😂😂😂 pic.twitter.com/DSNA785Ezj
— Footy Accumulators (@FootyAccums) November 24, 2020
क्लब ब्रुगका टिम उनको बिनानै बोरुसिया डर्टमन्ड बिरुद्धको खेल खेल्न जर्मनी पुगेका छन्। सो व्यवहारको लागि क्लबले उनि बिरुद्ध कारवाही गर्ने र उनलाई जरिवाना तिराउने खबर छ।
बेल्जियमको आउटलेट हेट लाएस्टे सो घटनाको खुलासा गरेको थियो। नाइजेरियाली फोरवर्डले आफूले चाहेको ठाँउमा बस्न नपाएकोमा रिसाउँदै फर्केको खबर थियो।
Emmanuel Dennis is reportedly out of Club Brugge’s game tonight because he stormed off the team bus after they wouldn’t let him sit where he wanted to 😂 pic.twitter.com/XMvGCyV9M5
— ODDSbible (@ODDSbible) November 24, 2020
क्लब प्रबन्धक फिलिप क्लेमेन्टले भने पुरा कुरा खुलाएका थिएनन् उनले डेनिसलाई अनुशासनको कारणले हटाइएको थियो भनेर बताएका थिए।
२३ वर्षका स्टार २०१७ देखि क्लबमा थिए र गत वर्ष रियल मैड्रिडबिरुद्ध च्याम्पियन्स लिगमा उनले दुई पटक गोल गरेका थिए।